भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले आर्थिक बर्ष २०७९÷८० को लागि सातौं नगरसभा सम्पन्न गरेको छ । सभाले आर्थिक बर्ष २०७९÷८० को लागि ८६ करोड ८६ लाख ५७ हजार ८ सय ९८ रुपैयाँ ९३ पैसा बराबरको बजेट निर्माण गरेको छ । असार १० गते नै सम्पन्न गर्नुपर्ने नगरसभा विशेष कारणले स्थगित भएको थियो । स्थगित नगरसभा बुधबार नगरप्रमुख सुरेन्द्र उदासले निति तथा कार्यक्रम प्रस्तुत र उपप्रमुख प्रमिला राईले बजेट पेश गरि सभाले निर्णय पारित गरे संगै सातौं नगरसभा सम्पन्न भएको हो ।

नगरसभाले सशर्त अनुदान र विषयगत बजेट गरि ८६ करोड ८६ लाख ५७ हजार ८ सय ९८ रुपैयाँ ९३ पैसा बराबरको बजेट निर्माण गरेको छ । सभाले भौतिक पुर्वधारको क्षेत्रमा ५० लाख सामाजिक विकाशमा २१ लाख, कृषि विकाशमा ७० लाख स्वास्थ्य क्षेत्रमा ९५ लाख, शिक्षा क्षेत्रमा १ करोड १५ लाख, बन तथा वातावरणको क्षेत्रमा १५ लाख, नगरपालिकादेखि वडाको केन्द्रसम्म जोड्ने सडक १ करोड ४० लाख, खेलकुद क्षेत्रमा १५ लाख जस्ता महत्वपुर्ण क्षेत्रहरुमा बजेट विनियोजन आर्थिक बर्ष २०७९÷८० का लागि चालु र पुँजीगत बजेट गरि ८६ करोड ८६ लाख ५७ हजार ८ सय ९८ रुपैयाँ बराबरको बजेट निर्माण गरेको हो ।
नगरलाई सशर्त अनुदान संघिय सरकारबाट ३३ करोड ४३ लाख, विशेष अनुदान संघबाटै ४ करोड ५० लाख, समपुरक अनुदान संघ १ करोड प्रदेश सशर्त अनुदान १ करो ५१ लाख ७८ हजार, प्रदेश समपुरक अनुदान १ करोड, समानिकरण अनुदान १२ करोड ५९ लाख, बाँडफाँडबाट प्राप्त राजस्व ११ करोड ३६ लाख २७ हजार, प्रदेश समानिकरण अनुदान ६७ लाख ८५ हजा्, बाँडफाबाट प्राप्त राजस्व १ करो ३३ लाख २४ हजार ६ सय ३०, आन्तरिक आय २ करोड ५० लाख, जनसहभागिता १ करोड, सामाजिक सुरक्षा १० करोड तग आर्थिक बर्षको भुक्तानी बाँकी ४ करोड ९५ लाख २९ हजार ८ सय ९८ रुपैयाँ ९३ पैसा र गत अवको अल्या गरि ८६ करोड ८६ लाख ५७ हजार ८ सय ९८ रुपैयाँ ९३ पैसा आर्थिक बर्ष २०७९÷८० को लागि अनुमानित आया रहेको थियो ।

सातौं नगरसभा संगै विभिन्न सरोकारवाला निकाय, विभिन्न संघसंस्था र राजनितिक दलहरुको सहभागीतामा नगरसभा भन्दा अगाडी शुभकामना कार्यक्रम समेत राखेको थियो । शुभकामना कार्यक्रममा शिक्षा क्षेत्रको प्रतिनिधित्व गर्दै नगेन्द्र बस्नेत, संघ संस्थाको प्रतिनिधित्व गर्दै षडानन्द सिताराम गुठीका अध्यक्ष प्रकाश पौडेल, राजनितिक दलका प्रतिनिधिहरु जनता समाजवादीका नगर अध्यक्ष ध्रुब राई, नेकपा एकीकृत समाजवादीका हरि भित्रिकोटी, नेकपा माओवादीका यङ्गराज राई र नेकपा एमालेका सुजन राई, जिल्ला समन्वय समितिका सदस्य चन्द्र बहादुर राईले शुभकामना मन्तव्य राखेका थिए ।













