निर्वाचनको मिति नजिकिएसंगै संखुवासभाका मतदाताहरु मतदान गर्न आतुर भएका छन् । जनता समाजवादीका प्रदेशसभा क तर्फ सिताराम तिम्सिना र प्रदेशसभा ख तर्फ पूर्ण शेर्पा र प्रतिनिधिसभातर्फ मलाई ढल्केको छाता चुनाव चिन्हमा मत दिन मतदाताहरु आतुर भएको दिपक याख्खाले बताए ।

पटकपटक नेतृत्व गरेका ठूला दलकाले विकास र समृद्धी नल्याएपछी हामीलाई राजनैतिक नेतृत्वसहित विश्वसनीयता साथै नयाँ उम्मेद्धारका रुपमा विजयी गराउन मतदाताहरु हतारिएका छन् । गाउँगाउँसम्म चुनावी अभियानमा पुगेका हाम्रा उम्मेद्धारको पक्षमा मतदाताको आकर्षण बढेपछी एकपछी अर्को गर्दै मतदाताहरु छातामा मत दिने अन्तिम निष्कर्षमा पुगेका हुन् ।

यसअघिको निर्वाचनमा हाम्रा उम्मेदवारको हारका कारण यस अवधीमा जिल्लाबासीले विकासको अनुभुति गर्न नपाएपछि निरास बनेका मतदाता अब हाम्रो पक्षमा मतदान गर्ने दिनको पर्खाइमा रहेका छन् उनले भने ।

पटकपटक मतदातालाई झुक्याएका ठूला भनीएका दलका उम्मेदवार यो पटक हार्ने निश्चित देखिएको छ ।

मतको अंक गणितमा गठबन्धनको बढी मत देखिएको भएपनि ती दलका उम्मेदवारलाई लागेका आक्षेप र अविश्वसनीयताका कारण मतदाताको मत नयाँ अनुहारलाई जानेछ । यता एमाले नेतृत्वका उम्मेदवारका पाँच वर्षे कार्यकालमा मतदाताको मन जित्न नसकेपछी यो पटक पुरानै अनुहारलाई नेतृत्वमा नपठाउने मनशायमा छन् ।

तपाईको प्रतिक्रिया