भोजपुर– षडानन्द नगरपालिकाको दिङ्ला बजार अवस्थित गान्धि मेमोरिय अस्पतालमा दुई दिने निशुल्क स्वास्थ्य शिविरको उद्घाटन भएको छ । षडानन्द नगरपालिकाको आयोजना तथा हेल्पिङ ह्यान्ड्स एजुकेशन इन्टरनेश्नलको साझेदारी दुई दिने निशुल्कः स्वास्थ्य शिविरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासले उद्घाटन गरेका छन् ।


दुई दिने निशुल्क स्वास्थ्य शिविरमा दन्त रोग, बाल रोग, आखा र स्त्री रोग सम्बन्धी सेवा सञ्चालन हुने छ । आज बिहिबार उद्घाटन भएको शिविर आज र भोलि सञ्चालन हुने षडानन्द नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुन्दर श्रेष्ठले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा बोल्दै मेयर उदासले भने विभिन्न ठाउँबाट विभिन्न खालका विरामीहरु आउनु भएको छ पालिकाले सहजताको लागि शिविर आयोजना गरेको हुनाले भरपुर सेवा लिन अनुरोध गरे ।
शिविरमा कुनै पनि कमि कम्जोरी नगरी सेवा प्रभावह गर्न शिविरमा नगरपालिकाको तर्फबाट खटिएका सञ्चारकर्मीहरुलाई मेयर उदासले निर्देशन दिएका छन् ।









