भोजपुर– षडानन्द नगरपालिकाको दिङ्लामा रहेको गान्धि मेमोरिय अस्पतालमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । षडानन्द नगरपालिका र हेल्पिङ हेन्ड्स एजुकेशन ईन्टरनेशनलको साझेदारीमा शिविर सम्पन्न भएको हो । षडानन्द नगरपालिका वडा नं. ७ मा रहेको गान्धि मेमोरिय अस्पतालमा शिविर सञ्चालन भएको थियो ।
बिहिबार नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासले उद्घाटन गरेको शिविर बिहिबार र शुक्रबार दुईदिन सञ्चालन भएको थियो । दुई दिने निशुल्क स्वास्थ्य शिविरमा ६ सय ६३ जनाले स्वास्थ्य सेवा लिएका छन् । बिहिबार र आज शुक्रबार दुई दिन सञ्चालित शिविरमा आँखा, दात, वालरोग र स्त्री रोग गरेर ६६३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
नगरपालिकाले स्त्रीरोग, आँखा, दात र बालरोग जस्ता रोगबाट ग्रसित स्थानीय नागरिकका लागि सञ्चालन गरेको निशुल्क दुई दिने स्वास्थ्य शिविरमा आखाँ सम्बन्धी २१९ जना, दात सम्बन्धी २२९, वालरोग सम्बन्धी ६० र स्त्री रोग सम्बन्धी १५५जनाले सेवा पाएका छन् ।
गरिबीका कारण उपचारबाट बञ्चित रहेका स्थानीय आफ्नै ठाउँमा निःशुल्क स्वास्थ्य उपचार पाउँदा खुसी भएका छन् । आफ्नो ठाउँमा विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सेवा पाउदा स्थानीय खुुसी भएका छन् ।
स्थानीय नागरिकलाई सहज रुपमा विशेषज्ञ डाक्टरहरुको सेवा दिने लक्ष्यले शिविर सञ्चालन गरिएको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले बताए । शिविरले विशेष गरी ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा विपन्न नागरिकलाई प्रत्यक्ष रुपमा लाभ पुग्ने उदासले बताए र ।
महिला सम्बन्धि रोगको लागि नगरपालिकाले योजनाबद्ध रुपमा काम गरिएको षडानन्द नगरपालिका उप प्रमुख प्रमिला राईले बताईन् । विशेष गरेर महिलामा देखिने आङ खस्ने लगाएत रोगका लागि शिविर सञ्चालन गर्ने योजना रहेको उपमेयर राईले बताईन् ।
दुर्गमका विरामीलार्इृ लक्षित गरेर नगरपालिकासँगको सहकार्यमा शिविरको सञ्चालन गरेको हेल्पिङ हेन्डस अस्पतालले जनाएको छ । शिविर मार्फत आँखाको रोगको पहिचानसँगै निःशुल्क चस्मासमेत वितरण गरिएको हेल्पिङ हेन्ड्सले बताएको छ ।
षडानन्द नगरपालिका र हेल्पिङ हेन्डस हेल्थ एजुकेशन इन्टरनेस्नलको साझेदारीमा शिविर सञ्चालन गरिएको थियो । शिविरले स्वास्थ्य सेवा लिन भोजपुर सदरमुकाम, संखुवासभा तथा विराटनगर जादै आएका स्थानीयलाई सहजता थपिएको छ ।









