भोजपुर– षडानन्द बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचनको तालिका अनुसार मतदाता सूचि प्रकाशित नभएपछि विद्यार्थी संघ÷संगठनहरुले संयुक्त बिज्ञप्ति सार्वजानिक गरेको छ । स्ववियु निर्वाचनको लागि त्रिविले तयार गरेको निर्वाचन तालिका अनुसार क्याम्पस निर्वाचन समितिले काम नगरेपछि विद्यार्थी संघ÷संगठनहरुले संयुक्त रुपमा बिज्ञप्ति सार्वजानिक गरेको छ । जिल्ला स्तरीय विद्यार्थी संघ÷संगठन साथै षडानन्द बहुमुखी क्याम्पसमा भएको विद्यार्थी संघ÷संगठनहरुले समेत बिज्ञप्ति सर्वाजानिक गरेको छ ।
बिज्ञप्तिमा षडानन्द बहुमुखी क्याम्पसमा गठित निर्वाचन समितिले त्रिविको निर्वाचन तालिका अनुसार आज आईतबार २१ गते १० बजे मतदाता सूचि प्रकाशित गरिसक्नु पर्ने थियो तर क्याम्पसले समयमा मतदाता सूचि प्रकाशित नगरेकोमा संघ÷संगठनको ध्यानाकार्षण भएकोे उल्लेख छ । साथै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाधली रहित बनाउनका लागि खेल्नु पर्ने भूमिका निर्वाचन समितिले नखेलेकोमा आपत्ती रहेको बिज्ञप्तिमा उल्लेख छ ।
स्वच्छ, निष्पक्ष र धाधली रहित वातावरण नभएसम्म निर्वाचन कार्यक्रममा सहभागी नहुने विज्ञप्तिमा उल्लेख छ । बिज्ञप्तिमा लेखिएको छ स्ववियू निर्वाचन रोक्न जुनखाले छलकपट गरिएको छ यस्ताखाले ढिला सुस्ति र अव्यवहारिक कार्यको हामी खेद प्रकट गर्दै यसरी विद्यार्थीको हक हितको लागि बन्ने स्ववियू निर्वाचन रोक्ने कामको घोर भत्र्सना गर्दछौ. ।
संयुक्त बिज्ञप्तिमा नेपाल विद्यार्थी संघ जिल्लाकार्य समिति भोजपुरका सभापति टार्जन राई, अखिल (क्रान्तिकारी) जिल्ला कमिटी भोजपुरका अध्यक्ष विश्वास राई, अनेरास्ववियू जिल्ला कमिटी भोजपुरका अध्यक्ष प्रकाश सिं राई र समाजवादी विद्यार्थी युनियन जिल्ला कमिटी भोजपुरका उपाध्इक्ष पनन राईको संयुक्त दस्तखत रहेको छ
साथै षडानन्द बहुमुखी क्याम्पसका विद्यार्थी संघ÷संघगठनहरु नेपाल विद्यार्थी संघ, अनिल (क्रान्तिकारी) र अनेरास्ववियूको संयूक्त दस्तखतमा बिज्ञप्ति सार्वजानिक भएको छ ।