भोजपुर– षडानन्द नगरपालिकाको केन्द्रमा रहेको मुलपानी स्वास्थ्य केन्द्रमा पुनः एक्सरे सेवा सुचारु भएको छ । स्वास्थ्य केन्द्रमा भएको एक्सरे मेशिन बिग्रिएको कारण करिब दुई बर्ष पछि पुनः (भोलि) जेष्ठ १९ गतेबाट सेवा सुचारु हुने भएको छ ।

षडानन्द नगरपालिकाको आर्थिक बर्ष २०७९÷८० को बिनियोजित बजेट रु. २८ लाखमा खरिद गरि एक्सरे मेशिन स्वास्थ्य केन्द्रमा मुलपानीमा राखि सकिएको छ । यस स्वास्थ्य केन्द्रमा उपचार गराउने गरिब दुखीहरुको दुखः कष्टलाई मध्येनजर गरि षडानन्द नगरपालिकाको सामाजिक विकास शाखा अन्र्तगत बजेट विनियोजन भएको हो ।

सामाजिक विकास शाखा अन्र्तगत विनियोजन भएको बजेटबाट खरिद र जडान खर्च साथै विभिन्न सामग्री खरिद गर्दा करिब ३३ लाख ५० हजारमा एक्सरे मेशिनको व्यवस्थापन भएको सामाजिक विकास संयोजक मन्दिप रसाईलीले बताएका छन् । अब सामान्य एक्सरे गर्न तुम्लिङटार, खाँदबारी हुँदै धरान विराटनगर जानु नपर्ने समेत रसाईलीले बताएका छन् ।

जनगवासीहरुले लामो समय अगाडीदेखि सामान्य उपचार तथा एक्सरे सेवा लिनबाट वञ्चित भईरहेको अवस्थामा नगरपालिकाले उक्त समस्यालाई मध्येनजर गरि एक्सरे मेशिनको व्यवस्थापन गरेको हो । धेरै अगाडीदेखि नै कर्मचारी नियुक्त भएको तर एक्सरे मेशिन बिग्रिएको कारणले सेवा प्रवाह हुन सकेको थिएन तर अब सुचारु भएपछि निरन्तर सेवा उपलब्ध हुने षडानन्द नगरपाकिाका मेयर सुरेन्द्र कुमार उदासले बताएका छन् ।

ग्रामिण भेगमा विभिन्न समस्याले कर्मचारी नहुने मेशिनमा समस्या हुँदा मर्मत गर्न समस्या हुने जस्ता समस्यालाई हेरेर जापानिज कम्पनिको मेशिन खरिद गरिएको छ । मेशिनको सुरक्षाको लागि गर्नू पर्ने सबै प्राविधिक पाटोको काम गरेर मेशिन जडान गरेका छौं अब थोरै भवनको समस्या छ त्यस्लाई पनि नगरपालिकाले व्यवस्थापन गरेर दिगो र भर पर्दाे स्वास्थ्य सेवा प्रदान गर्न आफु लागि परिरहेको समेत मेयर उदासले बताएका छन् ।

तपाईको प्रतिक्रिया