भोजपुर– कोशी प्रदेश सरकारको निर्णय विरुद्ध भोजपुरमा ¥याली सहित विरोध कार्यक्रम भएको छ । जेष्ठ १८ गते मन्त्री स्तरको निर्णय र जेष्ठ ३१ गते भएको मुख्यमन्त्री, आर्थिक मन्त्री र योजना मन्त्री स्तरको निर्णयको विरोधमा भोजपुरमा ¥याली सहित विरोध कार्यक्रम गरेका छन् ।
हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारले अघिल्लो सरकारले स्रोत सुनिश्चित गरि विनियोजन गरेको ठुला ठुला योजनाहरुको स्रोत सहमति खारेज गर्ने निर्णयको विरोधमा विरोध ¥याली सहित विरोध कार्यक्रम संयुक्त रुपमा गरेका छन् । भोजपुरको सबै भन्दा चासोको रुपमा हेरिएको भोजपुर दिङ्ला कालोपत्रे सडकको स्रोत सहमति खारेज गरेपछि सरकारको चौतफी विरोध हुन थालेको छ ।
सरकारको विरोधमा संयुक्त रुपमा जिल्ला स्तरबाट र षडानन्द नगरपालिकामा रहेका सक्रिय राजनितिक दलहरुले प्रदेश सरकारले गरेको निर्णयको विरोध गर्दै संयुक्त विज्ञप्ति सार्वजानिक गरेको छ । आज जिल्लाको सदरमुकाममा आयोजित विरोध कार्यक्रममा भोजपुर तिनतले, तिनतले भोजपुर त्यस्तै बञ्चरे झ्याउँपोखरी र हिलेभञ्ज्याङ, हेलौंछा बोया सडकको योजना कटौती भएपछि जिल्लावासी आक्रोसित बनेका छन् ।
जिल्लाको सबै भन्दा महत्वपुर्ण र ठुला योजना भोजपुर देखि दिङ्ला जोडने कालोपत्रे( १ अर्व ९० करोड पचहत्तर लाख) र हिलेभञ्ज्याङ् हेलौछा बोया साथै बन्चरे याम्पाङ देउराली ( १० करोड ) बजेटको योजना खारेज गरेपछि जिल्लामा विरोध ¥याली सहित सरकारको विरोध गरेका छन् ।
राजनैतिक प्रतिसोध साँचेर बिकासका काम रोक्नु सामाजिक अपराध हो यस्तो कार्यको भोजपुरे जनताले हिसाब किताब राख्ने छ। यो योजनाको काम प्रती केही भ्रम सिर्जना गर्ने काम गरिएको प्रती पनि आपत्ति रहेको पुर्व मुख्यमन्त्री राजेन्द्र राईको स्वकिय सचिव सन्दिप राईले बताएका छन् ।
भोजपुरे जनताको भवनामाथी खेलेर एक नेताले हारेको झोक जिल्ला समग्र विकासमाथी खनिएर बजेट कटौती गर्नु ठुलो अन्याय भएको छ । १०÷२० लाख बजेट घटाको भएपनि मान्न सकिन्थ्यो तर योजनानै खारेज गरेर कोशी प्रदेश सरकारले भोजपुरे जनतामाथि ठुलो अन्याय गरेको विरोध कार्यक्रमका वक्ताहरुले बताएका थिए ।