- खेवाहाङ मेवाहाङ

काठमाण्डौ । गीतकार पदम साधाना कुलुङको शब्द रहेको अर्को गीत डिम्पल सिम्पलको भिडियो सार्वजनिक भएको छ । अशोक मगरको श्वरमा रहेको गीतको संगीत दिप्सन आङ्बो लिम्बुले गरेका छन् । विश्व अधिकारीले संगीत संयोजन गरेको गीतको भिडियोमा नागी डान्स सेन्टर ईटहरीका कलाकारहरुले अभिनृ गरेका छन् भने भिडियोको निर्देशन देव जंग थापाले गरेका छन् ।

पुर्वी पहाडी जिल्ला संखुवासभाका गीतकार पदम साधाना कुलुङले लेखेको दर्जनौं गीतहरु सार्वजनिक भई सकेका छन् । सार्वजनिक गीतको भिडियो अझ आकर्षक रुपले बनेको र यो गीत दर्शकले रुचाउने उन्को भनाई छ । उनीद्वारा शिर्जित गीतको यस अघि सम्झनामै काफि हुन्छ, टुट्यो मन, यो दृष्टि, मुटु किन लगायतका दर्जन गीतको भिडियो सार्वजिक भई सकेका छन् ।

https://youtu.be/x-B0lnLyTY8

तपाईको प्रतिक्रिया