भोजपुर– षडानन्द सीताराम गुठीले संस्थाको यथार्थ पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ । मंगलबार संस्थाको हलमा पत्रकार सम्मेलन गर्दै गुठीको सत्यतथ्य सर्वाजानिक गर्दै संस्थामा हिनामिना नभएको समितिका सचिव हरि भित्रिकोटीले बताएका छन् ।

षडानन्द सीताराम गुठी एक उत्तराधिकारीवाला संस्था हो यहाँ जो पनि आउन सक्छ जसले पनि नेतृत्व गर्न सक्छ त्यसैले यस संस्थामा आर्थिक हिनामिना नहुने उन्ले बताएका छन् । मुख्य विषय चिर्खुवा हाईड्रो पावरले दिएको रु. २ लाख ५० हजार र मोति बहादुर विश्वकर्माबाट जग्गाबाली बाट उठेको रकमको विषयमा सामाजिक सञ्जालमा नकरात्मक चर्चा भएको छ । तर दुबै कारोबार संस्थाको खातामा जम्मा भएको छ ।

चिर्खुवा हाईड्रो पावरले दिएको रकम नविल बैंकको चेक नं. ००४१०१५९८१ बाट संस्थाको चल्ती खाता नं. २२९०१००००००१६००१ राष्ट्रिय बाणिज्य बैंक दिङ्ला शाखामा जममा भएको छ । साथै मोति बहादु विश्वकर्माबाट जग्गाबाली बापतको रकम २०८० बैशाख ३१ गते रसिद नं. १५० को रु. २ लाख ५० हजार भौचर नं. ८७ मार्फत आन्तरिक लेखा परिक्षणको बैंक नगदी किताबमा मौज्दात रहेको छ ।

मोति बहादुर विश्वकर्माले जग्गाबाली बापत तिरेको २ लाख ५० हजार रकम आ.व. २०७९÷०८० को लेखा परिक्षण प्रतिवेदनको आय विवरण २०७९ श्रावण १ देखि २०८० अषाढ ३१ सम्मा बुँदा नं. २ मा जग्गाबाली आम्दानी रु. ६ लाख १९ हजार ४ सय ५० रुपैँयामा समावेश भएको छ ।

जग्गाबालीको रु. ६ लाख १९ हजार ४ सय ५० रकम रसिद नं. १ सय देखि १ सय ५० सम्म ५ लाख ६ हजार २ सय ५०, रसिद नं. ५१ देखि ७५ सम्म ३७ हजार ७ र रसिद नं. ८ सय १ देखि ८ सय १२ सम्म ७५ हजार ५ सय गरि जम्मा ६ लाख १९ हजार ४ सय ५० रुपैँया जम्मा भएको हो ।

साथै पत्रकार सम्मेलनमा सचिव भित्रिकोटीले आर्थिक बर्ष २०७९÷०८० को आर्थिक कारोबार समेत प्रस्तुत गरेका हुन् । आर्थिक बर्ष २०७९÷०८० मा आम्दानी १४ लाख ७३ हजार ५ सय २३ र खर्च तर्फ १० लाख ७४ हजार ६ सय ५ रुपैँया भएको बताएका छन् । हाल संस्थाको खातामा ५ लाख १९ हजार बचत रहेको बताएका छ ।

तपाईको प्रतिक्रिया