संखुवासभा, संखुवासभामा करेन्ट लागेर एक जना घाइते भएका छन् । जिल्लाको चैनपुर नगरपालिका वडा नम्वर ६ क्याम्पस चोकका नारायण प्रसाद नेपाल करेनट लागेर घाइते भएका छन् ।
खाँदवारी नगरपालिका ३ स्थित सुमन चोकमा बिजुलीको पोलमा चडी नेटको तार जोड्ने क्रममा नेपाललाई अचानक करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
करेनट लागेका नेपाललाई जिल्ला अस्पताल खाँदबारीमा उपचार पश्चात घर पठाइएको प्रहरीले जनाएको छ । नेपाल हाम्रो केवल नेटका कर्मचारी हुन् ।







