संखुवासभा, संखुवासभाको चैनपुर बजारमा एक दिने आँखा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ तेजरत्न आँखा तथा कान उपचार शाखा चैनपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
अभिमुखिकरण कार्यक्रममा चैनपुर नगरपालिका भित्रका महिला स्वास्थ्य स्वयसेविका र स्वास्थ्यचौकी प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो ।
अभिमुखिकरण कार्यक्रममा तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीका इन्चार्ज क्षितिज बरालले प्रशिक्षण गरेका थिए ।







