भोजपुर । भोजपुरको दिङ्लामा वृहत सांस्कृतिक कार्यक्रमसहित उभौली पर्वको भव्य समापन गरिएको छ । किराँत राई यायोक्खा षडानन्द नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा तुम्लिङटारसहित १६ वटा शिलि प्रदर्शन टोली सहभागी भएका थिए । सहभागी टोलीहरूले परम्परागत भेषभूषा र मौलिक संस्कृतिसहित आकर्षक साकेला शिलि प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई रहेका थिए भने षडानन्द नगरपालिका नगर प्रमुख सुरेन्द्र कुमार उदास र उपप्रमुख प्रमिला राई को विशेष आतिथ्यता रहेको थियो ।
उभौली पर्व किराँत समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइने गरिन्छ ।









