दिङला, भोजपुरको षडानन्द नगरपालिका परिसर भित्र कुकर बम विस्पोट भएको छ । अज्ञात समूहले गएराती नगरपालिका परिसर भित्र उपमेयरले चढ्ने बा १ झ ५८१३ नम्बरको गाडी पार्किङ गरि राखिएको स्थानमा बम विस्फोट गराएको हो । गाडीको पछाडीपटी विस्फोट गराइएको भएपनि गाडीमा क्षती नभएका इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ ।

यस्तै नजिकै पार्किङमा राखिएको नगरपालिकाको जेसीबी र ट्याक्टरमा सकेट बम जस्तो देखिने संकासपद वस्तु फेला परेको बताइएको छ । नजिकै दलाल पुजीवाद सत्ताको विकल्प वैज्ञानिक समाजवाद लेखिएको नेपाल कम्युनिष्ट केन्द्रीय समितिको पर्चा समेत भेटिएको छ ।

विस्फोटका कारण कुनै किसिमको क्षति नभएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी पाण्डप कुमार राजवंशीले बताए । प्रारम्भिक अनुसन्धान भईरहेको र जिल्ला देखि अनुसन्धान टोली आउने तयारी भईरहेको राजवंशीले बताए ।

तपाईको प्रतिक्रिया