संखुवासभा, नेपाल निर्माण व्यवसायी संघ संखुवासभाले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । संघले दशै, तिहार र छठ पर्वको अवशरमा बिहीबार शुभकामना आदानप्रदान गरेको छ ।

संघको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय प्रमुख सुमन शाक्य, खाँदबारीका उद्योगी, व्यापारी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिती थियो । कार्यक्रम जिल्ला अध्यक्ष कुलबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया