संखुवासभा, संखुवासभा उद्योग वाणिज्य संघले जिल्ला कारागारका कैदी तथा बन्दीका लागि खसी उपलव्ध गराएका छन् । दशैंको अवसरमा उनीहरुलाई खसी उपहार दिइएको अध्यक्ष युवराज शाक्यले बताए ।
खसी जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य र संघका अध्यक्ष युवराज शाक्यले एक कार्यक्रम बीच शुक्रबार जेलर बिनोद अधिकारीलाई हस्तान्तरण गरे । दशैको मुखमा खसी पाएपछि कैदी बन्दीहरु खुसी छन् । केदीबन्दीहरुलाई वर्षेनी उद्योग वाणिज्य संघले खशी उपलब्ध गराउँदै आएको छ ।







