मादी, नेकपा मादी नगरपालिका वडा नं. ६ को वडा कमिटीले गरेको एकता भेलामा नेपाली कांग्रेस परित्याग गरी ७ जना नेकपामा प्रवेश गरेका छन् । शनिबार एकता भेलामा नेपाली कांग्रेसका क्रियाशिल कार्यकर्ताहरु प्रवेश गरेको राम कुमार तामाङले बताए ।

प्रवेश गर्नेहरुमा किरण देवान, दिपमणी राई,पुष्पमणी राई राजेश राई, दिल बहादुर राई, नविन वस्नेत र भेषराज वस्नेत रहेका छन् । उनीहरुलाई अबिर लगाएर सम्मान गरिएको छ । एकता भेलासंगै नेकपाको ६ नं. वडा कमिटी गठन गरिएको तामाङले जानकारी दिए । कुल बहादुर बस्नेतको अध्यक्षतामा २८ सदस्यीय वडा कमिटी गठन गरिएको तामाङले जानकारी दिए ।

कार्यक्रममा नेकपा मादी नगर कमिटी अध्यक्ष जिवन कुमार लिङथेप, सचिव गिरिराज भन्डारी, जिल्ला कमिटी सदस्यहरु दाबा छत्र शेर्पा, ससि कुमार लिङथेप, कृष्ण लो, राष्ट्रिय युवा संगका केन्द्रीय सदस्य पृथक पाठक, धन नारायण तामाङ, प्रकाश शेर्पा लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया