मादी, ओखरवोटे सामुदायिक सिकाई केन्द्रको नवौ साधारण सभा सम्पन्न भएको छ । सभाको अवसरमा सदस्य सचिव पर्मिला दाहालले केन्द्रको कार्य प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा भवन निर्माणका जग्गादाता सुदर्शन दाहाल तथा टिकादेवि दाहाललाई दोशल्ला ओढाएर सम्मान गरिएको छ । उनीहरुले १५ लाख वरावरको ३ सय ७५ वर्ग मिटर जग्गा निशुल्क उपलब्ध गराएका छन् ।
सिकाई केन्द्रले नगरमा निरक्षरता उन्मुलन गर्न साक्षरता कक्षा सञ्चालन तथा नगरपालिकासंग सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
केन्द्रका संयोजक घनेन्द्र कार्कीले १२ लाख ४३ हजार ५ सय ८८ वरावरको अआर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वडा नं ५ का अध्यक्ष नेत्र प्रसाद दाहालले प्रमुख आतिथ्यमा भएको सभामा निवर्तमान अध्यक्ष दयानन्द दाहालले १४ वर्षे कार्यकालको स्मरण गर्दै नयाँ समितिलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सभाकै अवसरमा बनेको नयाँ समितिमा विस्वनाथ सुवेदीको अध्यक्षतामा १० सदस्यी समिति चयन गरिएको छ ।







