संखुवासभा, मकालु साहित्यिक समाज संखुवासभाले संखुवासभा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल नेत्र ज्योती संघका प्रदेश अध्यक्ष श्यामसुन्दर उदासलाई सम्मान गरेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ११ औ जन्मजयन्तीको अवशरमा खाँदबारीको देवकोटा चौकमा आयोजित कार्यक्रममा उदाशलाई सम्मान गरिएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे लगायतले उदाशलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरेका थिए । सो अवशरमा कविता वाचन लगायत बिभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया