पाँचखपन, सदरमुकाम खाँदबारीमा रहेको मिसन आईटी सोलुसनले पाँचखपन नगरपालिका ६ वाना बजारमा शाखा सञ्चालन गरेको छ । सुविधा सम्पन्न डिजिटल कक्षासहित शुक्रबार शाखाको उद्घाटन गरिएको हो । आईटी साक्षरको महाअभियानमा मिसन आईटीू भन्ने नाराका साथ पहिलो शाखा वाना बजारमा विस्तार गरिएको निर्देशक गंगा चौलागाईले जानकारी दिए ।
शाखामा ५० इन्चको मल्टिमिडिया, सोलार ब्याकअप सहित कम्प्युटर ल्यावमा १४ वटा ल्यापटप रहेको छ । शाखाबाट विभिन्न तहको कम्प्युटरको तालिम प्रदान गरिने र कम्प्युटर बिक्री, मर्मत र बिक्रीपछीका सम्पुर्ण शेवाहरु प्रदान गरिनेछ । वानामा शाखामा पनि मुख्य कार्यालय खाँदबारीमा जस्तै सिस्टम, डिजाईन तथा दर–रेटको व्यवस्था गरिएको छ । पाँचखपन शाखाका शाखा प्रमुख अपन बुढाथोकी र बृहस्पति सुवेदी रहेका छन ।
वानामा बजारमा शाखा विस्तार भएसँगै स्थानीय वासीहरुले खुसी व्यक्त गरेका छन् । गुणस्तरीय कम्प्युटर शिक्षा हाँसिल गर्न तथा कम्प्युटरसम्बन्धि काम गर्न खाँदबारी धाउनु पर्ने बाध्यता हटेको उनीहरुको भनाई छ ।
शाखा सञ्चालनको लागि ४ जना कर्मचारीलाई नियुक्ति दिई रोजगारी प्रदान गरिएको छ । उद्घाटनको अवसरमा ५० प्रतिशत छुटमा ५० जना विद्यार्थी भर्ना भएका छन ।







