विश्व कप क्रिकेट लिग-टु : पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित
काठमाण्डौ । विश्व कप क्रिकेट लिग टु अन्तर्गत श्रृङ्खलाको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।
टेक्ससमा रहेको मोसा क्रिकेट मैदानमा अघि बिहान सकिएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो । ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमा समेटियो । नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय पारी खेले ।
यस्तै, देव खनालले ३४, रोहित पौडेलले २०, दिपेन्...