साग महिला भलिबल : श्रीलंकालाई हराउँदै नेपालले इतिहास रच्यो
काठमाण्डौ, दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला भलिबल टिमले ऐतिहासिक पदक जित्ने पक्का भएको छ । पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला टिमले कम्तीमा रजत पक्का भएको छ । नयाँ इतिहास बनाउने क्रममा नेपालले श्रीलंकालाई तीन(शून्यको सोझो सेटमा हरायो ।
नेपालले अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हात पार्ने निश्चित भएको छ । यसअघि कास्य पदकभन्दा माथिल्लो सफलता हात पार्न नसकेको नेपालले यो संस्करणमा स्वर...











