योगमाया आयुर्वेद विश्व विद्यालयको नाममा २ सय रोपनी जग्गा

योगमाया आयुर्वेद विश्व विद्यालयको नाममा २ सय रोपनी जग्गा
भोजपुर– योगमाया आयुर्वेद विश्व विद्यालयको लागि २ सय रोपनी जग्गा पास भएको छ । भोजपुरको षडानन्द नगरपालिका, साल्पा सिलिछो गाउँपालिका र खाँदबारी नगरपालिका क्षेत्रमा बन्ने योगमाया आयुर्वेद विश्व विद्यालयका लागि २ सय रोपनी जग्गा पास भएको छ । भोजपुरको षडानन्द नगरपालिकामा २ सय रोपनी जग्गा विश्व विद्यालयको नाममा दाखिला भएको हो । षडानन्द नगरपालिकाको वडा नं. ६ को बट्टार क्षेत्रको २ सय रोपानी ९ आना ३ प...

मेसिनमा टाउको च्यापिएर कोरियामा एक नेपालीको मृत्यू

मेसिनमा टाउको च्यापिएर कोरियामा एक नेपालीको मृत्यू
भोजपुर। कोरियामा कार्यरत एक नेपालीको बिहीबार कार्यस्थल दुर्घटनामा परि ज्यान गएको छ । ज्यान जानेमा भोजपुर घर भई याङसानमा कार्यरत तिर्थ पाण्डे रहेका गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जिव राईले जानकारी दिए । काम गरिरहेकै अवस्थामा मेसिनमा टाउको च्यापिएर उनको घटनास्थलमै ज्यान गएको सहकर्मीलाई उद्धृत गर्दै राईले बताए । ईपीएस मार्फत कोरिया आएका उनी ६ वर्षदेखि कार्यरत थिए । फलाम...

अमेरिकाको तल्लो सदनबाट बन्दुक नियन्त्रण सम्बन्धी विधेयक पारित

अमेरिकाको तल्लो सदनबाट बन्दुक नियन्त्रण सम्बन्धी विधेयक पारित
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बन्दुक नियन्त्रण सम्बन्धी विधेयक पारित गरेको छ । ४ सय ३५ सदस्य रहेको तल्लो सदनमा २ सय २३ जनाले विधेयकको पक्षमा मतदान गरेका न्युयोर्क टाइम्सले जनाएको छ । यो विधेयकले १५ राउन्डभन्दा बढी क्षमता भएका गोलाबारुद बिक्री निषेध गर्छ । टेक्सास र न्युयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढा...

थाइल्यान्डमा गाँजामाथिको प्रतिबन्ध हट्यो, जेलमा रहेका झन्डै ४ हजार कैदी छुट्दै

थाइल्यान्डमा गाँजामाथिको प्रतिबन्ध हट्यो, जेलमा रहेका झन्डै ४ हजार कैदी छुट्दै
थाइल्यान्डले गाँजालाई प्रतिबन्धित लागुऔषधको सूचीबाट हटाएको छ । कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै थाइल्यान्डले गाँजामाथिको प्रतिबन्ध हटाएको बीबीसीले जनाएको छ । थाइल्यान्ड गाँजामाथिको प्रतिबन्ध हटाउने दक्षिण–पूर्वी एसियामै पहिलो देश बनेको छ । अब थाइल्यान्डमा गाँजाको खेती गर्न पाइने छ । प्रतिबन्ध फुकुवा भएसँगै सरकारले खेती गर्नको लागि नागरिकहरुलाई गाँजाको १० लाख विरुवा वित...

अन्टार्कटिकाको ताजा हिउँमा पहिलो पटक प्लास्टिकका टुक्रा भेटिए

अन्टार्कटिकाको ताजा हिउँमा पहिलो पटक प्लास्टिकका टुक्रा भेटिए
अन्टार्कटिकाको ताजा हिउँमा पहिलो पटक प्लास्टिकका टुक्रा भेटिएका छन् । जमेको हिउँमा यसअघि नै प्लास्टिकका टुक्रा भेटिएको तर ताजा हिउँमा पहिलो पटक प्लास्टिकका टुक्रा भेटिएको न्युजिल्यान्डका वैज्ञानिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । न्युजिल्यान्डको क्यान्टरबरी विश्वविद्यालयका अनुसन्धानकर्ताले अन्टार्कटिकाका १९ वटा विभिन्न ठाउँबाट सङ्कलन गरेको ताजा हिउँ पगाल्दा प्रतिलिटर २९ वटासम्म पलास्टिकका सा...

पाकिस्तानका सांसद तथा चर्चित टीभी स्टार आमिर लियाकत हुसैनको निधन

पाकिस्तानका सांसद तथा चर्चित टीभी स्टार आमिर लियाकत हुसैनको निधन
पाकिस्तानका चर्चित टीभी प्रस्तोता तथा पीटीआई नेशनल असेम्बलीका सदस्य डा। आमिर लियाकत हुसैनको ४९ वर्षको उमेरमा निधन भएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या भएपछि हुसैनलाई अस्पताल लगिएको थियो तर अस्पताल पुर्याएपछि डाक्टरहरूले उहाँको मृत्यु भइसकेको बताएका थिए । हुसैनको निधनको यकिन कारणबारे थाहा नभएको प्रहरीले जनाएको छ । उहाँको निधनका कारण नेशनल असेम्बलीको सत्र शुक्रवार बेलुक...

भारतमा १६ औँ राष्ट्रपति छान्न जुलाई १८ मा चुनाव हुने

भारतमा १६ औँ राष्ट्रपति छान्न जुलाई १८ मा चुनाव हुने
भारतमा १६ औँ राष्ट्रपति चयनका लागि यही जुलाई १८ मा चुनाव हुने भएको छ । त्यसको मतगणना भने जुलाई २१ देखि मात्रै हुने निर्वाचन आयोगले आज बिहीवार जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त राजिव कुमारले पत्रकार सम्मेलनमा भन्नुभयो, नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया सुरु भइसकेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल नसकिँदै नयाँ राष्ट्रपति निर्वाचित भइसक्नुहुनेछ । भारतका वर्तमान राष्ट्रपति रामनाथ कोभ...

कङ्गोमा हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु

कङ्गोमा हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्य क्षेत्रको हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ। कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले साम्बा शहरमा भएको घटनाको हताहतबारे सञ्चारलाई जानकारी गराएका छन्। उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए। पीडितहरु सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको ती अधिकारीले बताए। पहिरोले कर...

पूर्वी युक्रेनको एक अदालतद्वारा बेलायतका दुई र मोरक्कोका एक नागरिकलाई मृत्युदण्डको सजाय

पूर्वी युक्रेनको एक अदालतद्वारा बेलायतका दुई र मोरक्कोका एक नागरिकलाई मृत्युदण्डको सजाय
रुस समर्थित भनिएको पूर्वी युक्रेनको एक अदालतले बेलायतका दुई र मोरक्कोका एक नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ। युक्रेनी फौजको पक्षबाट लडिरहेका बेला उनीहरू कब्जामा परेका थिए । उनीहरूले महिनादिनभित्र सजायबारे पुनरावेदन गर्न सक्ने बीबीसीले जनाएको छ । बेलायतले आफ्ना नागरिकलाई दिइएको मृत्युदण्डको सजायप्रति चासो देखाएको छ । युद्धबन्दीलाई राजनीतिक उद्देश्यका लागि दुरूपयोग गरिनुहुन्न भनेर आफूहरुल...

उत्तराखण्ड हिमपहिरो : ५० जनाको शव भेटियो, नेपालीको अवस्था अज्ञात

उत्तराखण्ड हिमपहिरो : ५० जनाको शव भेटियो, नेपालीको अवस्था अज्ञात
काठमाडौं, भारतको उत्तराखण्डमा आएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ५० जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचान भएको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । ‘कूल शवमध्ये १२ वटा शव आइतबार भेटिएको हो, तीमध्ये पाँच वटा तपोवन सुरुङमा, छ वटा रानीवन गाउँमा र अर्को एउटा शव रुद्रप्रयागमा भेटिएको हो,’ प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । ती सबै शवको...