ट्रम्पमाथि महाअभियोग लगाउन सिनेट असफल भएपछि बाइडेनको प्रतिक्रिया स् ‘प्रजातन्त्रको अवस्था नाजुक’

ट्रम्पमाथि महाअभियोग लगाउन सिनेट असफल भएपछि बाइडेनको प्रतिक्रिया स् ‘प्रजातन्त्रको अवस्था नाजुक’
काठमाण्डौ, अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रजातन्त्र ‘नाजुक’ अवस्थामा रहेको बताउनु भएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउन सिनेट असफल भएको र यसले प्रजातन्त्र नाजुक अवस्थामा रहेको पुष्टि गरेको बाइडेनको भनाइ छ । संसद भवनमा गएको जनवरी ६ तारिखमा भएको हिंसात्मक आक्रमणमा ट्रम्पको हात रहेको भन्दै महाअभियोग प्रस्ताव गरिएको थियो । हिंसा मच्याउन आफ्ना समर्थकलाई उक्साएको आरोपमा महाअभ...

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको प्रदर्शनलाई दबाउने सेनाको प्रयास

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको प्रदर्शनलाई दबाउने सेनाको प्रयास
काठमाण्डौ – म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको जनप्रदर्शनलाई सेनाले दबाउने प्रयास गरेको छ । म्यानमारका शहरका सडकमा सेना बख्तरबन्द गाडीसहित निस्कन थालेका छन् भने इन्टरनेट सेवा समेत बन्द गरिएको बीबीसीले जनाएको छ । केही ठाउँमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका खबर आए पनि औपचारिक रुपमा पुष्टि हुन भने बाँकी छ । म्यानमारमा गएको फेब्रुअरी १ तारिखमा भएको सैन्य ‘कू’ को विरोधमा लगात...

भोलि र पर्सि उद्धार उडान नहुने, शनिबारसम्म २६ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किए

भोलि र पर्सि उद्धार उडान नहुने, शनिबारसम्म २६ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किए
काठमाण्डौ, विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि भोलि सोमबार र मंगलबार उडान नहुने भएको छ । विदेशमा कोरोनाका कारण समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भइरहेको उडान दुई दिनका लागि स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो । ‘कुनै कारणले रोकिएको होइन, लामो समयदेखि उद्धार उडानहरु भइरहँदा, विमानस्थल सरसफाई, होल्डिङ ...

विदेशमा कार्यरत नेपालीमा कोरोना सङ्क्रमणदर घट्यो, सङ्क्रमितमध्ये ९२ प्रतिशत निको

काठमाण्डौ, विदेशमा कार्यरत नेपालीमा कोरोना भाइरस ९कोभिड १९० को सङ्क्रमणदर उल्लेख्य रुपमा घटेको छ । अघिल्लो साताको तुलनामा यो साता नयाँ कोरोना सङ्क्रमित घटेको र निको हुने नेपालीको सङ्ख्या बढेको गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । स्वास्थ्य समितिका अनुसार कोराना सङ्क्रमितमध्ये ९२ प्रतिशत नेपालीहरु निको भएका छन् । हिजो शनिबार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जनामा को...

शक्तिशाली चक्रवात अम्पुनका कारण भारत र बंगलादेशमा ८४ जनाको ज्यान गयो

शक्तिशाली चक्रवात अम्पुनका कारण भारत र बंगलादेशमा ८४ जनाको ज्यान गयो
काठमाण्डौ, शक्तिशाली चक्रवात अम्पुनका कारण भारत र बंगलादेशमा आएको बाढी र पहिरो जाँदा ८४ जनाको ज्यान गएको छ । हिजो तटीय क्षेत्रमा चक्रवातका कारण तीव्र गतिमा चलेको हावा र वर्षाका कारण ८४ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । हजारौं रुख ढलेको छ भने विद्यतु र टेलिफोन सेवा अवरुद्ध भएको छ । भारतको कोलकोत्तामा मात्रै सडकमा बाढी पसेको र एक करोड ४० लाख मानिसमा विद्युत आपूर्ति रोकिएको छ । बंगालको खाडीबाट आ...

विश्वमा साढे १८ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको

काठमाण्डौ, विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित मध्ये साढे १८ लाख भन्दा धेरै निको भएका छन् । अहिलेसम्म १८ लाख ५५ हजार भन्दा धेरै जना उपचार पछि निको भएका हुन् । ४७ लाख ९८ हजार भन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । अहलेसम्म सङ्क्रमित ३ लाख १६ हजार ५ सय १४ जनाको भने ज्यान गएको छ । सबैभन्दा धेरै सङ्क्रमित देश अमेरिकामा ३ लाख ४६ हजार भन्दा धेरै निको भएका छन् भने त्यहाँ १५ लाख २७ हजार भन्दा धेरैम...

कोरोना भाइरस : पछिल्लो २४ घण्टामा कहाँ के भयो ?

काठमाण्डौ, कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको कारण अहिलेसम्म विश्वभर दुई लाख ६८ हजार नौ सयभन्दा धेरैको ज्यान गएको छ । ३८ लाख ३६ हजार दुई सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । अमेरिका विश्वको सबैभन्दा धेरै प्रभावित देश हो । अमेरिकामा मात्रै १२ लाख ५४ हजार सात सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ७५ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । अमेरिकापछि बेलायतको कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित बनेको...

यूएई : २ लाख भारतीयले स्वदेश फर्कन आवेदन दिए

यूएई : २ लाख भारतीयले स्वदेश फर्कन आवेदन दिए
काठमाण्डौ, संयुक्त अरब इमिरेट्स ९यूएई० मा कोरोना भाइरसको कारण लकडाउनमा फसेका तीन सयभन्दा धेरै भारतीयलाई दुबईबाट फिर्ता ल्याइएको छ । बिहीबार दुई वटा उडानमार्फत सबै जना केरल पुगेका थिए र उनीहरुलाई क्वरेण्टीनमा पठाइएको छ । भारतले गएको मार्च महिनामा कोरोना भाइरस सङ्क्रमण फैलिनबाट रोक्नका लागि सबै अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गरेको थियो । अबको केही हप्तामा झण्डै १५ हजार भारतीयलाई १२ देशबाट विशेष वि...

जीवित छन् किम जोङ

जीवित छन् किम जोङ
सोल, उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जीवितै रहेको दक्षिण कोरियाका उच्च सुरक्षा सल्लाहकारले जानकारी दिएका छन्। पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम गम्भीर विरामी रहेको अथवा कतिपयले निधन भएको समाचार सार्वजनिक गरेको अवस्थामा ती सैन्य अधिकारीले स्पष्ट गरेका हुन्। दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले सोमवार उक्त जानकारी दिएका हुन्। उनले भने, ुहाम्...

९ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भए

काठमाण्डौ, विश्वका विभिन्न देशमा गरी कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितमध्ये ९ लाखभन्दा धेरै निको भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३० लाख ६० हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ९ लाख १९ हजार आठ सय ९४ जना निको भएको वल्डओमिटरले जनाएको छ । त्यस्तै १९ लाख २९ हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये ५६ हजार दुई सय ८१ जना अर्थात्...