चट्याङ सहित हावाहुरीले भोजपुरमा २ जनाको मृत्यु, झन्डै करोड बराबरको क्षति
भोजपुर — चैत्र १ गते मंगलबार आएको हावाहुरी तथा चट्याङका कारण भोजपुरका विभिन्न स्थानमा ठूलो क्षति भएको छ। घटनामा २ जनाको ज्यान गएको छ भने ८० लाख बराबरको क्षति भएको छ । साल्पासिलिछो–५ मा रुख ढल्दा ढुङ्गा उछिटिएर लाग्दा आशिष तामाङको मृत्यु भएको छ भने षडानन्द–९ मा चट्याङ लागेर शर्मिला तामाङको ज्यान गएको प्रहरीले जनाएको छ।
हावाहुरीका कारण भोजपुर नगरपालिका, आमचोक, पौवादुङ्मा लगायत क्षेत्रमा सयौँ घरका...











