तल्लो हेंवाबाट उत्पादित २२.३४ मेगावाट बिजुली केन्द्रीय प्रसारणमा लाइनमा थपियो
पाँचथर, तल्लो हेंवा जलविद्युत आयोजनाको काम सकिएसँगै पाँचथरबाट २२.३४ मेगावाट बिजुली केन्द्रीय प्रसारण प्रणालीमा थपिएको छ ।
फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भएर बग्ने हेंवा खोलामा निर्माण गरिएको आयोजनाको काम सकिएसँगै गएको साउन ४ गतेबाट परीक्षण उत्पादन भइरहेको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।
फिदिम–४ मा रहेको थापाटारको काबेली करिडोर सब स्टेसनबाट उत्पादन भएको विद्युत केन्...







