स्कर्पिओको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु
भोजपु–संखुवासभाको खाँदबारी नपा–९ तुम्लिङटारमा स्कर्पिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। बा २० च ९५०२ नम्बरको स्कर्पिओले ठक्कर दिँदा भोजपुरको षडानन्द न.पा–५ की ३ वर्षीया मनीषा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।
शनिबार दिउँसो साढे १२ बजे तुम्लिङटार बस स्टेशन नजिकै पैदल यात्री भोजपुरको षडानन्द–५ की ३ वर्षीया बालिकालाई बाटो काट्ने क्...










