काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा आफूलाई दिन रामवीर मानन्धरको आग्रह
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् ।
‘काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ तर, म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त...








