जाजरकोटमा जीप दुर्घटना : तीन जनाको ज्यान गयो, घाइतेको हेलिकप्टरबाट उद्धार हुँदै
काठमाण्डौ । जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
चार जना गम्भीर घाइते भएका छन् भने चार जनाको अवस्था सामान्य रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उज्यालोलाई जानकारी दिनुभयो ।
सुर्खेतबाट जाजरकोटका लागि छुटेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उद्धारका लागि हेलिकप्टर पठाइएको पनि उहाँले...








