किमाथांका : हिउँले खाद्य सामाग्री लैजान समस्या
संखुवासभा, भोटखोला गाउँपालिकामा खाद्य संकट भएपछी राहत सामाग्री लैजान बाक्लो हिउँका कारण समस्या भएको छ । चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका १ किमाथांकामा खाद्य संकट भएपछी खाँदबारीबाट खाद्य सामाग्री लगिएको थियो । खाँदबारी देखि हुङगुङसम्म ट्याक्टरमा ढुवानी गरिए पनि यहाँबाट सडक नभएकाले मानिसहरुले नै बोक्नु पर्ने थियो । तर मौसम परिवर्तनका कारण बाक्लो हिउँ परेकाले सामाग्री लैजान समस्या भएको वडा नं...











