मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिए

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिए
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले शपथ ग्रहण गरेका छन् । केहीबेर अघि मुख्यमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट मैथिली भाषामा शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण कार्यक्रममा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधि, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, विभिन्न मन्त्रालयका सचिव, गठबन्धनका नेता कार्यकर्ताकोे उपस्थिति रहेको छ ।

रूकुम पश्चिममा जनार्दन शर्मालाई देखाए कालोझण्डा

रूकुम पश्चिममा जनार्दन शर्मालाई देखाए कालोझण्डा
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई गृहजिल्लामा केही युवाहरूले कालोझण्डा देखाएका छन् । आज गृह जिल्ला रूकुम पश्चिम पुगेका शर्मालाई नेपाली कम्युनिस्ट पार्टीनिकट केही युवाहरूले कालोझण्डा देखाएका हुन् । माओवादी परित्याग गरेर प्रलोपा गठनपछि शर्मा पहिलो पटक आज गृहजिल्ला पुगेका थिए । आज बिहान १० बजेतिर सल्लेस्थित विमानस्थलमा ओर्लिनासाथ तत्कालिन नेकपा माओवादी केन्द्रका आठबिसकोट नगरपाल...

पूर्वगृहमन्त्री खाँण पक्राउ

पूर्वगृहमन्त्री खाँण पक्राउ
पुर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमा राख्ने भनेबारे निर्णय लिने बताए । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादु...

भोजपुर–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा भद्र पराजुली

भोजपुर–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा भद्र पराजुली
भोजपुर। नेकपा (एकीकृत समाजवादी) भोजपुर काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा भद्र पराजुली सर्वसहमत निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न भएको भोजपुर काठमाडौं सम्पर्क मञ्चको प्रथम सम्मेलनबाट पराजुलीको अध्यक्षतामा निर्वाचित भएका हुन्।अध्यक्ष पराजुली सहित २१ सदस्यीय समिति सर्वसहमत निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष पराजुलीले जानकारी दिए । समितिको उपाध्यक्षहरूमा बी पी आचार्य र सुसन थापा सचिव द...

समयमा मतदाता सूचि प्रकाशित भएन, संयुक्त विद्यार्थी संगठनहरुको बिज्ञप्ति

समयमा मतदाता सूचि प्रकाशित भएन, संयुक्त विद्यार्थी संगठनहरुको बिज्ञप्ति
भोजपुर– षडानन्द बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचनको तालिका अनुसार मतदाता सूचि प्रकाशित नभएपछि विद्यार्थी संघ÷संगठनहरुले संयुक्त बिज्ञप्ति सार्वजानिक गरेको छ । स्ववियु निर्वाचनको लागि त्रिविले तयार गरेको निर्वाचन तालिका अनुसार क्याम्पस निर्वाचन समितिले काम नगरेपछि विद्यार्थी संघ÷संगठनहरुले संयुक्त रुपमा बिज्ञप्ति सार्वजानिक गरेको छ । जिल्ला स्तरीय विद्यार्थी संघ÷संगठन साथै षडानन्द बहुमुखी क्याम्प...

षडानन्द बहुमुखी क्याम्पस घटनाको विरोधमा अनेरास्ववियुको विरोध ¥यालि

षडानन्द बहुमुखी क्याम्पस घटनाको विरोधमा अनेरास्ववियुको विरोध ¥यालि
भोजपुर– शनिबार अनेरास्ववियु षडानन्द बहुमुखी क्याम्पस कमिटीले विरोध ¥यालि प्रर्दशन गरेको छ । शुक्रबार षडानन्द बहुमुखी क्याम्पसमा भएको घटनाप्रति अनेरास्ववियुले दिङ्ला बजारमा विरोध ¥यालि प्रशर्दन गरेको हो । शुक्रबार षडानन्द बहुमुखी क्याम्पसमा अनेरास्ववियु र गठबन्धन दलका नेतहरुबिच झगडा भएको थियो । उक्त झगडाको विषयमा दुबै पक्षले आ–आफ्नो दावी र धारणा सहितको विज्ञप्ति शुक्रबार साँझ नै सार्वजानिक ग...

षडानन्द बहुमुखी क्याम्पस घट्नामा विद्यार्थी संगठनहरुको संयुक्त विज्ञप्ति

षडानन्द बहुमुखी क्याम्पस घट्नामा विद्यार्थी संगठनहरुको संयुक्त विज्ञप्ति
भोजपुर– शुक्रबार बिहान षडानन्द बहुमुखी क्याम्पसमा भएको घट्नामा गठबन्धन दलसंग आवद्ध विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति सार्वजानिक गरेको छ । शुत्रबार बिहान त्रिभिको स्व.वि.यु निर्वाचन तालिका अनुसार संघ सगठन दर्ता गर्ने समयमा क्याम्पसमा सरकारी कर्मचारी तथा सरकारी सवारी साधनसहित क्याम्पसमा अनेरास्ववियुले राजनितिक प्रशिक्षण कार्यक्रम गरिरहेको समयमा गठबन्धन दलका नेताहरु पुगेर सोधखोज गर्दा गाल...

नेवि संघद्धारा दिङ्ला बजार सरसफाई

नेवि संघद्धारा दिङ्ला बजार सरसफाई
भोजपुर– नेपाल विद्यार्थी संघद्धारा दिङ्ला बजार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ षडानन्द बहुमुखी क्याम्पस समितिको आयोजनामा भएको सरसफाई कार्यक्रम षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला बजार क्षेत्र सरसफाई गरेर सम्पन्न भएको हो । सरसफाई कार्यक्रममा ईलाका प्रहरी कार्यालय, षडानन्द नगरपालिकाकी उप–मेयर, वडा नं. ४ का वडाध्यक्ष, नेपाली कांग्रेस नगर समिति, क्याम्पसका विद्यार्थी साथै...

प्रदेश नामकरणको विरोध रोक्न विराटनगरमा निषेधाज्ञा

प्रदेश नामकरणको विरोध रोक्न विराटनगरमा निषेधाज्ञा
विराटनगर– जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभाले बुधबार नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो । प्रदेशको कोशी नाम राख्न नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहमत छन् । दलहरु भूगोलका आधारमा नाम राख्न सहमत भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले नि...

प्रधानमन्त्री प्रचण्डले २६८ सांसदको विश्वासको मत पाए

प्रधानमन्त्री प्रचण्डले २६८ सांसदको विश्वासको मत पाए
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । दाहाल गएको १० पुसमा सात दल र तीन स्वतनत्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर, उनलाई २६८ सांसदले विश्वासको मत दिएका छन् ।   संसद्को सबैभन्...