दिङ्लामा ब्याडमिन्टन प्रशिक्षण सुरु
भोजपुर– दिङ्ला ब्याडमिन्टन संघले आजबाट प्रशिक्षशण कार्यक्रम सुरु गरेको छ । संघले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सिनियर र जुनियरलाई आवश्यक पर्ने टेक्निकल साथै नयाँ खेलाडीहरुलाई आधारभुत प्रशिक्षण सहितको प्रशिक्षण प्रशिक्षक विशाल तामाङले दिने छन् । प्रशिक्षण कार्यक्रम दिङ्ला ब्याडमिन्टन कर्वडहलमा माघको ५ गते विहिबारदेखि सञ्चालन भएको हो ।
संघले एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रशिक्षण का...