संखुवासभा, अरुण नदीमा जीपसंगै खसेका ६ जनाको चौथो दिन शुक्रबार पनि खोजी कार्य जारी छ । धर्मदेवी नगरपालिका ८ को अक्करको भीरबाट खसेका उनीहरुको तालिम प्राप्त गोताखोरको टोलीले खोजी गरिरहेको छ ।
मंगलबार राती करिब साढे १० बजे अरुण नदीमा जीप खसेर ६ जना वेपत्ता भएपनि निरन्तरको वर्षाका कारण खोजी गर्न समस्या भएको थियो । बिहिबार सशस्त्र प्रहरी बलको विपद् उद्धार गण काठमान्डौबाट आएको ४ जनाको टोलीले बिहिबार पनि खोजी कार्य गरेको थियो । तर धमिलो पानी र बहावले गर्दा समस्या भएको खोजीमा संलग्नले बताएका थिए ।
शुक्रबार बिहान ९ बजेदेखि पुन खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ । वेपत्ता हुनेहरुमा खाँदबारी नगरपालिका ९ का संगम श्रेष्ठ उनकी श्रीमती सदिक्षा र दुई महिने छोरा समीर श्रेष्ठ रहेका छन् । भने चालक सन्तोष विश्वकर्मा, खाँदबारी ९ कै प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर वेपत्ता भएका छन् ।
सदरमुकाम खाँदबारीबाट विरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको बोलेरो जीप अरुण नदीमा खसेको थियो ।









