संखुवासभा, संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङका बुद्धि बहादर बिष्टको दुई छोराछोरीलाई पढाई खर्च हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको पहलमा बुद्धि बहादुरका ५ बर्षीय छोरा हिमाल र ३ बर्षीय छोरी हिमालीको पठनपाठन खर्च सोमबार एक कार्यक्रम बिच दाताको हातबाट रकम हस्तान्तरण गरिएको छ ।

मकालु गाउँपालिका–२ टासीगाउँ स्थायी घरभई हाल अमेरिकामा बस्दै आएका आङ दावा शेर्पाले ति बालबालिकाहरुको लागी पाँच बर्षसम्म पठनपाठनको सम्पूर्ण खर्च ब्यहोर्ने जनाएका छन् । उनीहरुको मानेभञ्ज्याङ स्थित रहेको प्रभात इङलिस बोडिङ्ग स्कुलमा यूकेजीमा पढिरहेको छ । कार्यक्रममा दाताको तर्फबाट उनका साथी कामा छिरिङ शेर्पा र पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीको हातबाट संयुक्त रुपमा बुद्धि बहादुर बिष्टलाई एकमुष्ट एक बर्षको पढाई खर्च बिस हजार रुपैया हस्तान्तरण गरिएको छ ।

निम्न आर्थिक अवस्था भएका बुद्धि बहादुर ज्याला मजदुरी गरेर परिवार चलाईरहेका छन् । छोराछोरीको सुन्दर भविष्यको लागी दाताले गर्नुभएको सहयोग आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण क्षण रहेको बुद्धि बहादुरले बताए ।

सबैले पढ्न पाउनु पर्छ भन्ने उद्धेश्यले प्रेरित भएर ति बालबालिकाको पठनपाठनमा सहयोग गर्न दाताको खोजी भइरहेको थियो । दाताको खोजी गर्ने काममा नेपाल पत्रकार महासंघ संखुवासभाका पूर्वअध्यक्ष तथा इमेज टेलिभिजन काठमाडौमा कार्यरत शंकर खनालको भूमिका रहेको महासंघका अध्यक्ष गिरीले बताए ।

तपाईको प्रतिक्रिया