मादी, मादी नगरपालिकाले नगर भित्रका कृषकहरुको माटो परीक्षण शिविर कार्यक्रम सम्पन्न गरेको छ । पुस १६ गतेदेखि सुरु गरेको शिविर तीन दिनसम्म सञ्चालन गरिएको थियो । सिविरमा नगरका ९ वटै वडाका ६ सय ८ जना कृषकहरुले माटोको नमुना परीक्षण गराएका थिए ।सिविरमा माटो परिक्षणका लागि झुम्का ईनरुवा कृषि अनुसन्धान केन्द्रका प्राविधिक टोलीहरु नाथु प्रसाद चौधरी, राजेन्द्र प्रसाद यादव, महेस साप्कोटा, सन्तोष कट्टेल, तिर्थमाया राई, पर्शुराम कार्की लगायत रहेका थिए ।
मादी नगर कृषि शाखाका रेन्जि शेर्पा, कृषि सहजकर्ता निराजन दाहाल र शान्ता खनालले सिविरमा सहजीकरण गरेका थिए । नगर कार्यपालिकाको आव २०७६/०७७ मा विनियोजित कार्यक्रम अन्तरगत सिविर आयोजना गरिएको थियो ।









