संखुवासभा, संखुवासभाको चैनपुर नगरपालिका–५ बाट पाँचखपन नगरपालिका– ६ जोड्ने हेवाखोलामा पक्की पुल बन्ने भएको छ। खाँदबारी बडेनी–लिङलिङ –चैनपुर सडकखण्ड अन्तर्गत पर्ने हेवाखोलामा निर्माण हुन लागेको पक्की पुलको विहिबार प्रदेश सांसद तुलसी न्यौपानेले शिलान्यास गरेका छन् । शिलान्यास गर्दे प्रदेश सांसद न्यौपानेले भने यो पक्की पुलले चैनपुर र पाँचखपनलाई नयाँ सम्बन्ध कायम गर्न मद्दत पुग्ने बताए। हेवाखोलाको पक्की पुलले चैनपुर, पाँचखपन, खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिका भित्रका हजारौ नागरिकलाई आवतजावत गर्न सहज हुने भएकाले समय अवधि भित्रै बन्नेमा आफु आशावादी भएको बताए।

पक्की पुल नहुदाँ पाँचखपनका स्थानियले जोखिम मोलेर आवतजावत गर्न बाध्य भएको पाँचखपन नगरपालिकाका मेयर विपिन राईले बताए। पक्की पुललाई समयअवधि भित्र सपन्न गर्न सरोकारवाला निकाय र स्थानियले खवरदारी गरिरहनु पर्ने मेयर राईले बताए।

पक्की पुलको निमार्ण जिम्मा कुन्सालिङ –अरुण बरुण जेभीले पाएको छ। पक्की पुल भ्याट सहित ४ करोड ८ लाख ९८ हजार ८ सय ७६ को लागतमा निमार्ण हुने बताइएको छ। पक्की पुल ३० मिटर लम्बाइ र साढे आठ मिटर चौडाइको बन्ने अरुण बरुण जेभिका प्रबन्ध निर्देशक मिगुर शेर्पाले बताए। कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक शेर्पाले भने यो पक्की पुल समय सिमा भित्रै सम्पन्न हुनेमा ढुक्क हुन आग्रह गरे। उनले भने तपाईहरु ढुक्क हुनुहोस् म समय अवधि भित्रनै सम्पन्न गरेर हस्तान्त्रण गर्छु।

९३ वटा निर्माण कम्पनीमा पहिलो भएर पुरस्कृत अरुण बरुण कुनसालिङ सेवाका निर्देशक शेर्पाले जिल्लाकै नमुना ठेकेदार भएर आधा दर्जन बढी योजना सम्पन्न गरेर पुरस्कृत भइसकेका छन्। अरुण–वरुण जेभीले जिल्लाभित्र र बाहिर गरी आधा दर्जन योजना निर्धारित समय भन्दा अगाबै निर्माण सम्पन्न गरेर हस्तान्त्रण गरिसकेका छन्। अरुण–वरुण जेभीले सम्झौता अवधि भन्दा अघिनै कोष तथा लेखा नियन्त्रक कार्यालय, माल्टा स्वास्थ्यचौकी खाँदबारी ५, तुम्लिङटार स्वास्थ्य चौकी खाँदबारी ९ सरकारी वकिलको कार्यालय चैनपुर र तेह्रथुमको कोलेनिका कार्यालय समेत समय भन्दा अगाबै हस्तान्तरण गरेर नमुना ठेकेदारको रुपमा स्थापित भएका छन्।

जिल्लाका धेरै ठेकेदार आयोजना अलपत्र पारेर कारबाहीमा परेको बेला अरुण–वरुण जेभीका निर्देशक मिगुर शेर्पा महालेखा नियन्त्रक कार्यालयबाट समेत सम्मानित भइसकेको बताए। सम्झौता समयभन्दा अगाडि नै काम सम्पन्न गरेमा प्रतिदिन ०।०५ प्रतिशतले बढीमा १० प्रतिशतसम्म बोनस दिने र सम्झौताभन्दा ढिलो काम गरेमा सोहीअनुसार जरिवाना लिने प्रावधान छ। अरुण–बरुण जेभीका निर्देशक शेर्पा निर्माण व्यवसायी संघका महासचिव हुन्। उनी यो ब्यवसायमा ६ वर्ष अघि प्रवेश गरेका हुन्।

तपाईको प्रतिक्रिया