संखुवासभा, अरुण नदीमा खसेको जीप नभेटिएपछि खोजीको लागि गोताखोर बोलाइने भएको छ । प्रहरी नायव उपरिक्षक मिम बहादुर लामाका अनुसार निरन्तर वर्षा भइरहेको र नदीको बहाव बढी भएकोले खोजी कार्यमा विकल्प भएन । चितवनबाट गोताखोर बोलाइएको छ । उनले भने मौसमका कारण गोताखोरलाई समेत दुर्घटना स्थल आउन समस्या भएको छ ।

भोली मौसम खुलेमा गोताखोर आएर पुन खोजी कार्य गरिने छ । अहिले पनि २५ जना सुरक्षाकर्मीका टोली र स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको भएपनि पत्ता नलागेको लामाले बताए ।

बिरामी बोकेर धरान जाँदै गरेको को १ ज ३७४९ नम्बरको जीप गएराती करिब १० बजे अक्करको भीर देखि अरुण नदीमा खसेको थियो । दुर्घटनामा चालक खाँदबारी नगरपालिका–९ सन्तोष बिक, खाँदबारी–९ का संगम श्रेष्ठ, उनकी श्रीमती सदीक्षा श्रेष्ठ, दुई महिने छोरा समीर श्रेष्ठ, प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर बेपत्ता रहेका छन् ।

तपाईको प्रतिक्रिया