शिलिचोङ, शिलिचोङ गाउँपालिकाका ४३ जना महिला स्वास्थ्य स्वयमसेविका सम्मानित भएको छ । शिलिचोङ गाउँपालिका स्वास्थ्य शाखाले महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा सम्मान गरेको हो । स्वयमसेविकाहरुले समुदायको स्वस्थ्य सेवामा पुराएको योगदानको उच्च सम्मान गर्दै कदरपत्र सहित उनीहरुलाई सम्मान गरिएको छ । गाउँ नगरमा महिला स्वास्थ्य स्वंसेविका, स्वास्थ्य सेवा प्रवद्र्धनमा अहंम भुमिका भन्ने मुल नाराका दिवस मनाएको हो ।

गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङको अध्यक्षता तथा सुरक्षित मात्रृत्व तथा महिला स्वस्थ्य स्वयंसेविकाका फाँट संखुवासभाका प्रमुख भवानी तिम्सीनाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम सोडेक, आईपास नेपाल, सिलिचोङ क्लव समाज विकास केन्द्र, युएस आईडी सुआहारा परियोजना र सिलिचोङ गाउँपालिकाको संयुक्त साझेदारीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आईपास नेपालका कार्यक्रम संयोजक कवानसेन कुलुङ, प्रमुख अतिथी भवानी तिम्सीना, स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङले महिला स्वास्थ्य स्वयंसेविकाहरुले महत्वपुर्ण भुमिका रहेको औल्याएका थिए ।

तपाईको प्रतिक्रिया