संखुवासभा, गतअसोज २७ गते संखुवासभाको भोटखोला २ बाट ५ किलोग्राम अबैध सुनसहित तोप्चेन भोटे पक्राउ परे। भोटेलाई प्रहरीले विशेष सुराकीको आधारमा भोटखोला गाउँपालिका २ लिङगमबाट अबैध ५ किलो सुनसहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रासमेत बरामद गरेको थियो।
भोटेलाई राजस्व अनुसन्धान विभागले तीन करोड २६ लाख ५० हजार बिगोसहितको मुद्दा दायर भएको जिल्ला अदालत चैनपुरका श्रेस्तेदार डिल्लीराम प्रसाईले जानकारी दिए। भोटेको बयानका आधारमा प्रहरीले खाँदबारी नगरपालिका १ जर्काका भोटे र भोटखोला स्थायी घर भएका खाँदबारी बस्ने छयाङ रिन्जिन भोटेलाई प्रहरीले पक्राउ गरेको थियो।
भोटेले करिब १५ करोड १३ लाख २४ हजार रुपैयाँ मूल्य बराबरको २५ केजी सुन भन्सार छलेर राजस्व चुहावट गरेको कसुरमा जिल्ला अदालत चैनपुरमा सो मूल्यको दोब्बर बिगो दाबीसहित मुद्दा दायर गरेको थियो। राजस्व अनुसन्धान विभागले सुन तस्करी गर्ने जर्का भोटेसहित ७ जनाको समूहले मिलेमतोमा यस अघि पनि चार पटकसम्म राजस्व छलेर २५ किलो सुन तस्करी गरेको अनुसन्धानमा खुलेको हो ।
सुन तस्करीमा संम्लग्न तोप्चेन भोटे सहित तिनै जना पुरपक्षका लागि कारागार चलान भएका छन् । राजस्व अनुसन्धान विभागले गत मंसिर १० गते जिल्ला अदालत चैनपुरमा मुद्दा दायर गरेको श्रेस्तेदार प्रसाईले जानकारी दिए। २५ किलो सुन चार पटकसम्म राजस्व छलेर तस्करी गरेको बयान दिएका छन्। सुन तस्करीमा संम्लग्न अन्य चारजना भने फरार भएको स्रोतको भनाइ छ। फरार चारै जना भोटखोला गाउँपालिका घर भएको स्रोतको भनाइ छ। अबैध ५ किलो सुन सहित भोटेलाई चेपुवा प्रहरीले पक्राउ गरेको थियो।
भोटेले संखुवासभा र चीनको किमाथांका नाका हुँदै सुन तस्करी गर्न गरेको प्रहरीलाई बयान दिएका थिए। सुन तस्कारी गर्नेहरूले १ अर्काको बैंक खाता समेत प्रयोग गरेर सुन तस्करी गर्न गरेको स्रोतको भनाइ छ।








