- मेघराज तामाङ

मकालु / अविरल वर्षासंगै पहिरोले अवरुद्ध बनेको किमाथांका सडक सञ्चालनमा आएको छ । गत असार २ गते सडकका विभिन्न स्थानमा पहिरो गएपछी किमाथांका सडक अबरुद्ध बनेको थियो । सडक अवरुद्ध बनेपछी मकालु गाउँपालिकाका विभिन्न वडा र भोटखोला गाउँपालिका यातायात सेवाबाट बञ्चित भएको थियो ।

पहिरोले मानिस समेत आवतजावत गर्न नसक्ने भएकाले मकालु युवा समाज र नेपाली सेनाले फ्याक्सिन्दा दोभान देखि नयाँबस्तीसम्म बाटो मर्मत गरेको थियो । असार ९ गते समाजका १३ जना युवा र १२ जना नेपाली सेनाको टोलीले दुई दिन लगाएर बाटो मर्मत गरेको समाजका अध्यक्ष नुर्वु शेर्पाले बताए । मानिस आवत जावत गर्न मिल्ने भएपनि यातायातका साधन चल्न नसक्ने भएपछी समाजले मकालु गाउँपालिका, उत्तर दक्षिण कोशी सडक र एसजेवीएन (अरुण ३) लाई बाटो मर्मतका लागि जानकारी गराएको थियो । तर सुनुवाई नभएको भन्दै असार २५ गते जिल्ला प्रशासन कार्यालयमा समाजले ज्ञापन पत्र बुझाएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

सोही दिन देखिनै सडक विभागले डोजर प्रयोग गरी बाटो मर्मत सुरु गरेको थियो । यता सडक अवरुद्ध हुँदा भोटखोलामा खाद्यान्न संकट भएको भन्दै भोटखोला सरोकार केन्द्रले असार २९ गते पत्रकार सम्मेलन गरेको थियो । सोही दिन चाँडो सडक सुचारु गरी भोटखोला बासीहरुको दैनीक जिवनयापनमा सहज बातावरण निर्माणको माग सहित ज्ञापन पत्र समेत बुझाएको केन्द्रका अध्यक्ष मिथुन भोटेले बताए ।

विभिन्न संघ संस्था र स्थानीयहरुको निरन्तर प्रयास पछी सडक सञ्चालनमा आएको अध्यक्ष भोटेले बताए । उनले भने अहिले भोटखोला १ वरुण दोभानसम्म यातायात सञ्चालन भएको छ । यस्ले भोटखोलाबासी सामान्य दैनिकीमा फर्किएका छन् । सडक सञ्चालनमा आएपछी खाद्य संकटबाट समेत मुक्त भएको मकालु गाउँपालिका ३ का सुजन गुरुङले नागरिक चासोलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया