भोजपुर– सरोकारवाहरु संग न्यायमा पहुँच, समस्या र उपायहरुको विषयमा छलफल सम्पन्न भएको छ । भोजपुरको षडानन्द नगरपालिकामा युथ एडभोकेसी नेपालको आयोजना, षडानन्द नगरपालिकाको समन्वय तथा यू एन डिपिको सहयोगमा छलफल सम्पन्न भएको हो । संविधानले दिएको नगरिक हक अधिकारको विषयमा कस्ता समस्या र चुनौतिहरु रहेका छन् भन्ने विषयमा छलफल सम्पन्न भएको हो ।

२०७२ मा संविधान लेखिएसंगै नागरिक हक अधिकारमा नागरिकहरुको पहुँच कस्तो रहेको छ भन्ने विषयमा छलफल आयोजना गरिएको यूथ एडभोकेसी नेपालले जानकारी दिएको छ । छलफलमा षडानन्द नगरपालिकाका वडाध्यक्ष साथै सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । छलफल कार्यक्रम षडानन्द नगरपालिकाकी न्यायिक समितिका संयोजक प्रमिला राईको अध्यक्षता तथा षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

छलफलमा स्थानीय तहमा रहेको विभिन्न न्याय सम्बन्धि समस्या, चुनौती र उपाएहरुको विषयमा छलफल भएको थियो ।

 

तपाईको प्रतिक्रिया