भोजपुर– प्रदेश नं. १ आइटिएफ तेक्वान्दो संघको अध्यक्षमा पुनः प्रविण कुमार कार्की निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शुक्रबार सम्पन्न भएको आइटिएफ तेक्वान्दो संघ प्रदेश १ को दोस्रो अधिवेशनबाट कार्की निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष कार्की सहित संघको उपाध्यक्षमा चतुरलाल चौधरी, राजेन्द्र धिमाल, सचिब चन्द्र बहादुर तामाङ्ग, कोषाध्यक्ष ओम कुमार श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै संघको सदस्यहरूमा जितन थापा, प्रलाद राउत, विर बहादुर तामाङ्ग, बिक्रम लिम्बु, केरिसा आचार्य, आयूषा तामाङ्ग र दिलन राई रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष कार्कीले तेक्वान्दो खेलको विकास गरेर अगाडी बढने बताए । राज्यले खेलकुद क्षेत्रमा प्रयाप्त बजेट विनियोजन नगरेको कारण खेल क्षेत्रपछि परेको उनले बताए । तीन तहको सरकारले खेलकुद क्षेत्रमा प्रयाप्त बजेट छुटयाएर यस क्षेत्रको विकास गरेर अगाडी बढनुपर्ने बताए ।

कार्यक्रम खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्य सचिव हंशराज वाग्लेले पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दोबाट सहभागि हुने खेलाडीले सबैभन्दा बढी मेडल जित्ने बताएका छन् । अरु खेलमा भन्दा तेक्वान्दोबाट सहभागि हुने खेलाडीले गोलमेड जित्ने भएकोले यस खेलमा प्रदेश सरकारले उच्च प्राथामिकतामा राखेको उनले बताए । प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा सहभागि भइ मेडल जितेर ल्याउने खेलाडीहरुलाई विगतमा भन्दा यसपटक नगदसहित विशेष सम्मान गरिने उनले बताए ।

कार्यक्रममा खेलकुद विकास वोर्ड प्रदेश १ का सदस्य शैलेश बिष्टले एक घर एक खेलाडी उत्पादन अभियानलाई बनाएर खेलकुद क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विराटनगर ४ का वडाअध्यक्ष जितन थापाले राष्ट्रिय चिनाउने खेलकुद क्षेत्र भएकोले यसको विकास गरेर लैजानुपर्ने बताए ।

तपाईको प्रतिक्रिया