भोजपुर– योगमाया आयुर्वेद विश्व विद्यालयको लागि २ सय रोपनी जग्गा पास भएको छ । भोजपुरको षडानन्द नगरपालिका, साल्पा सिलिछो गाउँपालिका र खाँदबारी नगरपालिका क्षेत्रमा बन्ने योगमाया आयुर्वेद विश्व विद्यालयका लागि २ सय रोपनी जग्गा पास भएको छ । भोजपुरको षडानन्द नगरपालिकामा २ सय रोपनी जग्गा विश्व विद्यालयको नाममा दाखिला भएको हो ।

षडानन्द नगरपालिकाको वडा नं. ६ को बट्टार क्षेत्रको २ सय रोपानी ९ आना ३ पैसा २ दाम जग्गा विश्व विद्यालयको नाममा दाखिला भएको हो । जिल्ला प्रशासन कार्यालय भोजपुर जग्गा छनौट गरि गोर्खा पत्रमा सुचना प्रकाशित गरि ३५ दिन भित्र दावि विरोधको समय राखेको थियो । कुनै पनि जग्गाको विषयमा दावि विरोध नआएपछि शुक्रबार जग्गा विश्व विद्यालयको नाममा दाखिला भएको हो ।

जग्गा छनौट तथा मुअब्जा सम्बन्धि समितिले र मालपोत कार्यालयको दररेट अनुसार जग्गावालाले दान नदिएको जग्गा प्रति रोपनी रु ५० हजारको दरले पाउने छ । यदि दान भनेर दिए दान हुने र २ सय रोपनी ९ आना ३ पैसा २ दाम जग्गा मध्येमा करिब १४ रोपनी जग्गा निशुल्क दान भएको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले बताएका छन् ।

षडानन्द नगरपालिकाले योगमाया आयुर्वेद विश्व विद्यालय निर्माणको लागि ५ सय रोपनी जग्गा उपलब्ध गराउनु पर्ने छ । जसमा २ सय ३८ रोपनी जग्गा सामुदायीक बनबाट र अन्य जग्गा दान तथा खरिदद्धारा उपलब्ध गराउनु पर्ने छ ।

 

तपाईको प्रतिक्रिया