भोजपुर– प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले भोजपुरे जनताको माया सम्झेर अन्य ठाउँबाट उमेदवार नभएको बताएका छन् । निर्वाचनको मनोनयन दर्ता हुनु भन्दा अगाडी सुनसरीबाट आफ्नो नाम प्रतिनिधिसभामा सिफारिस भएपनि आफ्नो चाहाना भोजपुरबाट नै उमेदवार हुने थियो । भोजपुरे जनताको मायालाई विर्सेर म भोजपुर भन्दा बाहिर जान सकिन भोजपुरे जनताको सधैं आर्शिवाद र माया म संग छ ।

आफु अगिल्लो निर्वाचनमा नै प्रदेशसभा सदस्य नउठ्ने उनको विचार थियो । पार्टीको निर्देशन मान्ने एक कार्यकर्ता भएकोले पार्टीको निर्णय विरुद्ध आफु जान नसकेको बताए । यो पटकपनि प्रतिनिधि सभामा आफ्नो उमेदवारी गर्ने सुरमा थिए तर गठबन्धनको कारण र भोजपुरे जनताको मायाले प्रदेश सभामा उमेदवार बनेको छु ।

प्रदेश सांसद निर्वाचित गराउन भोजपुरे जनताको माया, साथ र सहयोग बिना सम्भावना थिएन । भोजपुरे जनताको मायाको कारणले गर्दा ७४ सालको निर्वाचनमा सानदार जित हासिल गर्दै प्रदेश सांसद र मुख्यमन्त्री समेत बन्ने अवसर भयो । अब फेरी पनि भोजपुरे जनताको माया र आर्शिवाद म प्रति छ । त्यसैले म फेरी पनि प्रदेश सभाको लागि सदस्य पदको उमेदवार भएर निर्वाचनमा होमिएको छु ।

सुनसरी जिल्लाको क्षेत्र नं. १ मा सुनसरी जिल्ला पार्टीले प्रतिनिधिसभाको लागि सिफारिस गरेको थियो भने पार्टीको केन्द्रिय कमिटीले समेत राजेन्द्र राईको लागि प्रतिनिधिसभामा उठाउने निर्णय गरेको थियो । यति गर्दा गर्दै पनि मुख्यमन्त्री राई भोजपुर बाटनै प्रदेश सभा सदस्यका लागि उमेदवार बनेर निर्वाचन लड्ने भएका छन् ।

तपाईको प्रतिक्रिया