भोजपुर– भोजपुरबाट स्वतन्त्र उमेदवारी दिएका उत्तम चापागाईले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेस तरुण दलका पुर्व उपाध्यक्ष चापागाईले प्रदेशसभा सदस्यको लागि भोजपुर निर्वाचन क्षे क बाट उमेदवारी दिएा थिए । शुक्रबार चापागाईले एक विज्ञप्ति सार्वजानिक गर्दै आफ्नो उमेदवारी फिर्ता लिएको जानकारी गराएका छन् । भोजपुरबाट प्रदेश सभाको लागि निर्वाचन क्षेत्र (क) बाट उन्ले स्वतन्त्र उमेदवारी दिएका थिए ।
सत्ता गठबन्धन दलको भागबन्डामा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको भोजपुरमा प्रतिनिधि सभा नेकपा माओवादी, प्रदेश क एकीकृत समाजवादी र निर्वाचन क्षेत्र नं. ख नेपाली कांग्रेसलाई परेको थियो । तर नेपाली कांग्रेस तरुण दलका पुर्व उपाध्यक्ष समेत रहेका उत्तम चापागाईले स्वतन्त्र उमेदावरी दर्ता गराएका थिए ।
संविधानको रक्षाको खातिर भएको गठबन्धनको मर्म र पार्टीको एक ईमान्दार कार्यकर्ता भएकोले आफ्नो उमेदवारी फिर्ता गरेको उनले बताएका छन् । साथै उन्ले सत्ता गठबन्धनको उमेदवारहरुलाई सर्मथन गर्दै अब भोजपुरबाट गठबन्धनका उमेदवारलाई जिताउनु पर्ने बताएका छन् ।
चापागाईले उमेदवारी फिर्ता लिएपछि गठबन्धनबाट उमेदवारी दिएका नेकपा एकीकृत समाजवादीका केन्द्रिय सचिव तथा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले चुनाव जित्न सहज हुन गठबन्धनका नेताहरु बताउँछन् ।चापागाईले उमेदवारी फिर्ता लिएपछि गठबन्धनका उमेदवार राजेन्द्र राईले उमेदवारी फिर्ता लिएको विज्ञप्ति पोस्ट गर्दै धन्यवाद मित्र लेखेका छन् ।