भोजपुर– प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले आफुलाई मत दिएर जिताए भोजपुर र प्रदेश १ लाई समृद्ध बनाउने योजना आफु संग भएको बताएका छन् । मुख्यमन्त्री राईले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा आफुलाई मत दिएर विजयी गराए भोजपुर र प्रदेश नं. १ को समृद्धि गर्ने योजना आफु संग रहेको मुख्यमन्त्री राईले बताएका छन् ।

जन भेटगाट कार्यक्रमलाई संवोधना गर्ने क्रममा मुख्यमन्त्री राई उक्त कुरा बताएका हुन् । उनि गठबन्धनको तर्फबाट भोजपुर प्रदेश सभा सदस्यको लागि निर्वाचन क्षेत्र क बाट उमेदवार रहेका छन् । उन्ले आफुले प्रदेशको छोटो कार्यकालमा भोजपुरमा धेरै भन्दा धेरै योजना र ठुलो मात्रामा बजेट विनियोजन गरेको मुख्यमन्त्री राईले बताएका छन् ।

प्रदेशमा भएको फजुल खर्चलाई रोकेर विकासे योजनामा आफुले ठुलो संख्यामा बजेट विनियोजन गरेका छन् । मुख्यमन्त्री राईले भोजपुरको निर्वाचन क्षेत्र नं. १ र निर्वाचन क्षेत्र नं. २ मा ५ सय भन्दा धेरै साना ठुला योजना प्रदेशको रेडबुकमा समावेश गराएका छन् ।

मुख्यमन्त्री राईले २०७९–८० को बजेटमा भोजपुरको निर्वाचन क्षेत्र नं. (क) मा एकै आर्थिक बर्षमा २ सय २६ ओटा र निर्वाचन क्षेत्र नं. २ मा २ सय ३ ओटा योजना विनियोजन गरेका छन् । यो प्रदेशको रातो किताबमा समावेश भएका योजनाहरु हुन् रातो किताब बाहेकका योजनाहरु अझ धेरै योजनाहरु विनियोजन गरेका छन् ।

मुख्यमन्त्री राईले सबैभन्दा ठुला योजना भोजपुर दिङ्ला सडकलाई ८ करोड र तुर्के फालिदो बाटोलाई १६ करोड बजेट विनियोजन गरेका छन् । साथै लम्सुवा घाटको पक्कि पुल प्राविधिक समस्या भएको कारणले छिटो पुल निर्माणको लागि सतिघाटमा पक्कि पुलको टेण्डर खुलाएका छन् । मानिस आवाज जावतमा सजिलो होस र तत्काल समस्याको समाधानको लागि सतिघाटमा संघिय सांसद सुदन किराती र उन्को संयूक्त क्षेत्र विकास कोषको लगानीमा फेरी लगाईदिएका थिए ।

तपाईको प्रतिक्रिया