भोजपुर– षडानन्द बहुमुखी क्याम्पसलाई बद्रिनाथ लोकादबी भट्टराई स्मृति अक्षयकोष स्थापना गदिएको छ । भद्रिनाथ भट्टराई र लोकादेबी भट्टराईको स्मृतिमा छोरा द्रौडीनाथ भट्टराईले कोषको स्थापना गरिदिएका हुन् ।

भट्टराईले १ लाख ८ हजार ६ सय ५१ रुपैयाँ बराबरको अक्षयकोषको स्थापना गरिदिएको हुन् । क्याम्पसको एक औपचारिक कार्यत्रमा भट्टराईले रकम हस्तान्तरण गर्दै कोषको स्थापना गरेका हुन् ।

अक्षयकोषको रकम ५० प्रतिशत छात्रवृत्तिमा, ३० प्रतिशत क्याम्पस सञ्चालन व्यवस्थापनमा, १० प्रतिशत कोष सञ्चालन र १० प्रतिशत कोषमा प्रत्येक बर्ष थपिने गरि अक्षयकोषको स्थापना गरेका क्याम्पस प्रमुख नगेन्द्र बस्नेतले जानकारी दिए ।

कार्याक्रममा षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदास प्रमुख अतिथि थिए भने क्याम्पसका कार्यबहाक अध्यक्ष ज्ञानेन्द्र कार्की र क्याम्पस प्रमुख नगेन्द्र बस्नेतले अक्षयकोषको रकम जिम्म लिएका छन् ।
अक्षयकोष दाता षडानन्द नगरपालिका वडा नं. ४ निवासी स्व. भद्रिनाथ भट्टराई र स्व. लोकादेबी भट्टराईकी छोरा हुन् ।

तपाईको प्रतिक्रिया