भोजपुर– शनिबार अनेरास्ववियु षडानन्द बहुमुखी क्याम्पस कमिटीले विरोध ¥यालि प्रर्दशन गरेको छ । शुक्रबार षडानन्द बहुमुखी क्याम्पसमा भएको घटनाप्रति अनेरास्ववियुले दिङ्ला बजारमा विरोध ¥यालि प्रशर्दन गरेको हो ।

शुक्रबार षडानन्द बहुमुखी क्याम्पसमा अनेरास्ववियु र गठबन्धन दलका नेतहरुबिच झगडा भएको थियो । उक्त झगडाको विषयमा दुबै पक्षले आ–आफ्नो दावी र धारणा सहितको विज्ञप्ति शुक्रबार साँझ नै सार्वजानिक गरिसकेको छ । विरोध ¥यालीमा अनेरास्ववियु साथै नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । विरोध ¥यालि नेकपा एमालेको नगर पार्टी कार्यालयदेखि दिङ्ला बजार चोक हुँदै प्रहरी बिट अगाडी कोणसभा गरि समापन भएको थियो ।

कार्यक्रममा अनेरास्ववियुका भुवन खत्री र अनेरास्ववियुका केन्द्रिय सदस्य लक्षमण चौहानले संवोधन गरेका थिए । कोणसभालाई संवोधन गर्ने क्रममा क्याम्पसमा राजनिति हस्तक्षेप हुन नहुने, क्याम्पस भित्र बाहिरका मानिसहरु प्रवेशमा नियन्त्रण हुने पर्ने र शुक्रबार भएको क्याम्पस घटनामा प्रहरी प्रशासनको गतिविधि प्रभावकारी नभएको उनिहरुले बताएका थिए ।

विरोध ¥यालिमा प्रहरी प्रशासन जिम्मेवार बन, विद्यार्थीलाई शान्तिपुर्वक पढ्न दे, क्याम्पसलाई शान् िक्षेत्र घोषणा गर, गुण्डा नेता मुर्दावाद, क्याम्पसमाथी राजनितिक हस्तक्षेप मुर्दावाद, विद्याथीृ दमन मुर्दावाद, विद्यार्थीमाथी गुण्डागर्दि बन्द गर जस्ता नारा लगाएका थिए ।

 

तपाईको प्रतिक्रिया