भोजपुर। नेकपा (एकीकृत समाजवादी) भोजपुर काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा भद्र पराजुली सर्वसहमत निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न भएको भोजपुर काठमाडौं सम्पर्क मञ्चको प्रथम सम्मेलनबाट पराजुलीको अध्यक्षतामा निर्वाचित भएका हुन्।अध्यक्ष पराजुली सहित २१ सदस्यीय समिति सर्वसहमत निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष पराजुलीले जानकारी दिए ।

समितिको उपाध्यक्षहरूमा बी पी आचार्य र सुसन थापा सचिव दीपराज दाहाल , सह सचिवहरू कविता थापा र शैलेन्द्र श्रेष्ठ, कोषाध्यक्ष राम कुमार पाण्डे निर्वाचित भएका छन् । यस्तै समितिको सदस्यहरूमा देवेन्द्र राई, रामजी बिष्ट, शान्तिदेवी राई, नीता मंग्राती, राज कुमार तामाङ, खेशर ब। राई, निल कुमार राई, विजय विश्वकर्मा ,नन्द कुमार विश्वकर्मा ,बाल कुमार घले, सुस्मिता जोगी, लोकेन्द्र ब। श्रेष्ठ र ईश्वर तामाङ निर्वाचित भएका छन् ।

कार्यक्रमको उद्घाटन नेकपा एकीकृत समाजवादीका सचिव तथा प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले गर्नु भएको उक्त अधिवेशनको उद्घाटन सत्रमा पार्टीेका कोशी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अमर राउत, सम्पर्क विशेष प्रदेश कमिटीका उपसचिव केशर अधिकारी ,अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली , पार्टीका नेताहरू विरजंग राई ,विरबलकाजि राई ,रमेश शाक्य लगायत नेताहरूले शुभकामना मन्तव्य रा्ख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया