भोजपुर– प्रदेश नं. १ को नमङ्कनको विरोध गर्दै भोजपुरको दिङ्ला राई समुदायले साकेला नाचेर उभौली पर्व मनाएका छन् । प्रदेश नं. १ को नाम कोशी नामङ्कन भएकोमा उनिहरुले विरोध गर्दै साकेला नाचेका हुन् । उभौली पर्व पुर्णिमादेखि १५ दिनसम्म राई जातीहरुले मनाउछन् आज सप्तमीको तिथिमा कोशी प्रदेशको विरोध गर्दै साकेला नाचेका हुन् ।

केशी प्रदेशलाई विरोध गर्ने चिन्ह र पहिचान मेट्न पाईदैन कोशी प्रदेश चाहिदैन भनेर लेखिएको ब्याज लगाएर साकेला नाच्दै प्रदेश नामङ्कनको विरोध गरेका हुन् । साकेला नाच्ने तथा साकेला नाच भएको ठाउँमा उपस्थित हुने सबैको हात तथा शरिरमा प्रदेशको नामङ्कन विरोद्धको ब्याज लगाईएको थियो ।

उभौली पर्व राई जातीहरुको बसोवास भएको ठाउँमा वसन्त ऋतुमा अन्नबाली राम्रो होस दैविक प्रकोप तथा विपत्ति नपरोस भनेर मनाउने गरिन्छ l

तपाईको प्रतिक्रिया