भोजपुर– प्रदेशको नाम ‘कोशी’ खारेज हुनुपर्ने माग गर्दै आन्दोलनरत पहिचान पक्षधरहरुले शुक्रबार ‘कोशी’ लेखिएको षडाननद नगरपालिकाको बोर्ड भत्काइदिएका छन् ।
कोशी’ प्रदेश लेखिएको भन्दै पहिचान पक्षधरहरुले कार्यालयको बोर्ड भत्काई दिएका हुन् । नगरपालिकामा राखिएको बोर्डमा कोशी लेखिएको भन्दै च्यातेर भुईमा फालिदिएको छ ।
आज शुक्रबार षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला बजारमा साकेला नाच्दापनि कोशी प्रदेशको विरोध हुने ब्याज लगाएर साकले नाचेका थिए । उनिहरुले ब्याजमा कोशी लेखेर क्रस गर्दै विरोधको संकेत गरेका थिए भने ब्याजमा पहिचान मेट्न पाईदैन कोशी प्रदेश चाहिदैन लेखेर ब्याज लगाएका थिए ।